काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

प्रलोपाद्वारा तीन समिति गठन

2.31K
shares

प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले निर्वाचन परिचालन समिति गठन गरेको छ । तीनकुनेस्थित केन्द्रीय कार्यालयमा आज बसेको पार्टीको अध्यक्ष परिषद् बैठकले निर्वाचन परिचालनसहित वार्ता संवादसहित विभिन्न तीन समिति गठन गरेको हो ।

अध्यक्ष परिषद्का अध्यक्ष दुर्गा सोवका अनुसार बैठकले जगप्रसाद शर्माको संयोजकत्वमा विधान मस्यौदा समिति गठन गर्ने निर्णय गरेको छ । सो समितिको सदस्यमा कृष्णप्रसाद शर्मा, जेकेन्द्र श्रेष्ठ, जयराम वाग्ले र रुकसाना कपाली छन । निर्वाचन परिचालन तथा वार्ता समितिको संयोजकमा जनार्दन शर्मा र सदस्यमा सन्तोष परियार, ओजस्वी भट्टराई र मानुषी यमी भट्टराई छन ।

बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, “पार्टीको आगामी केन्द्रीय समितिको बैठकमा पेस गरिने राजनीतिक प्रतिवेदन मस्यौदा समितिको संयोजकमा राम कार्कीलाई तोकिएको छ, यो समितिको सदस्यमा सन्तोष परियार, डा जनक शाह र मोनिका निरौलालाई तोकिएको छ ।”