काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित

975
shares

हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी हेटौँडा बजार एवम् सामरी, चौकीटोल, रातोमाटे र राप्तीरोड सडकमा आजदेखि दोस्रो चरणको सडक विस्तार कार्यलाई अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको हो ।

डिभिजन सडक कार्यालयका प्रमुख गुरुप्रसाद अधिकारीले सर्वोच्च अदालतको उत्प्रेषण आदेशको पालना गर्दै थप सडक विस्तार गर्ने कार्यलाई आजदेखि स्थगित गरिएको बताए ।

यसअघि सडक विभागले शनिबार त्रिभुवन राजपथको सामरी, चौकीटोल हुँदै रातोमाटे हेटौँडा बजारका साथै राप्तीरोडतर्फका ५३१ घरटहरा स्काभेटर प्रयोग गरी भत्काउन सुरु गरेको थियो ।