global ime bank Long Banner Ad

गृहपृष्ठ चीनद्वारा इन्टरनेट उपग्रहहरूको नयाँ समूह प्रक्षेपण

चीनद्वारा इन्टरनेट उपग्रहहरूको नयाँ समूह प्रक्षेपण

चीनद्वारा इन्टरनेट उपग्रहहरूको नयाँ समूह प्रक्षेपण

चीनले शनिबार हैनान प्रान्तबाट लङ मार्च–८ए रकेट प्रक्षेपण गर्दै १४औँ समूहका इन्टरनेट उपग्रहहरू कक्षमा पठाएको छ ।

रकेट दिउँसो ३ः५३ बजे उड्यो र उपग्रहहरूलाई सफलतापूर्वक आफ्नो कक्षामा पु-यायो । लङ मार्च–८ए रकेट ५०.५ मिटर लामो र ३७१ टन तौलको छ । यसले ७०० किलोमिटर उचाइमा ७ टनसम्मको भार लैजान सक्छ ।

उक्त रकेटले पहिलोपटक पेट्रोलियम–आधारित इन्धनको सट्टा कोइला–आधारित नयाँ इन्धन प्रयोग ग-यो, जुन वातावरणमैत्री, सुरक्षित र सस्तो मानिन्छ ।

शनिबारको प्रक्षेपण लङ मार्च–८ए रकेटको पाँचौँ उडान र लङ मार्च श्रृङ्खलाको ६१२औँ प्रक्षेपण हो ।

प्रकाशित समय : १३:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु