गृहपृष्ठ नेशनल लाइफद्वारा लुम्बिनी प्रदेशका सीइओ क्लब सदस्यलाई सम्मान
नेशनल लाइफद्वारा लुम्बिनी प्रदेशका सीइओ क्लब सदस्यलाई सम्मान
नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लुम्बिनी स्थित होटल लुम्बिनी हेरिटेजमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा सीइओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
आर्थिक वर्ष २०८१/८२ मा तोकिएको बीमाशुल्क संकलन गरी लुम्बिनी प्रदेशबाट योग्य भएका ३४० जना अभिकर्ताहरू र विभागीय प्रमुखहरू, प्रदेश प्रमुख एवं लुम्बिनी प्रदेश अन्तर्गत रहेका शाखा कार्यालयका शाखा प्रमुखहरूको सहभागितामा कम्पनीले सीइओ क्लब सदस्य बन्न सफल अभिकर्ताहरूलाई सम्मान गरेको हो ।
प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले पानसमा द्विप प्रज्वलन गर्दै शुभारम्भ गरिएको सम्मान कार्यक्रममा लुम्बिनी प्रदेशबाट सीइओ क्लबका सदस्य हुन सफल अभिकर्ताहरूलाई सीइओे क्बलको सदस्यता वितरण तथा सम्मान गरिनुका साथै सो प्रदेशबाट आफ्नो कोडमा र संजलमा प्रथम द्वितीय र तृतीय हुन सफल अभिकर्ताहरूलाई विशेष सम्मान तथा पुरस्कृत गरिएको थियो ।
यसै गरी सो अवसरमा नेशनल रत्न तथा नेशनल स्टार विजेता अभिकर्ताहरूलाई पनि नेशनल लाइफ लोगो अंकित चाँदीको मेडल, सर्टिफिकेट र खादाबाट सम्मान गरेका थिए ।
प्रकाशित समय : १३:०३ बजे



















