global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ काँकडभिट्टाबाट चार महिनामा छ अर्बको पेट्रोलियम पदार्थ आयात

काँकडभिट्टाबाट चार महिनामा छ अर्बको पेट्रोलियम पदार्थ आयात

काँकडभिट्टाबाट चार महिनामा छ अर्बको पेट्रोलियम पदार्थ आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा पूर्वी नाका काँकडभिट्टाबाट छ अर्ब दुई करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । यहाँबाट छ अर्ब दुई करोड ७६ लाख ४५ हजार मूल्य बराबरको पेट्रोल, डिजेल, एलपी ग्यास, एटिएफ, मट्टि«तेल आयात गरिएको हो ।

मेची भन्सार कार्यालयका सूचना अधिकारी एवं भन्सार अधिकृत ईश्वरकुमार हुमागाईँका अनुसार अघिल्लो आव २०८१/८२ को सोही अवधिको तुलनामा ११ करोड ९२ लाख ५४ हजार अर्थात् दुई दशमलव ०१ प्रतिशतले पेट्रोलियम पदार्थको आयातमा वृद्धि भएको छ । आयात बढेसँगै पेट्रोलियम पदार्थबाट प्राप्त राजस्व दुई दशमलव ९० प्रतिशत अर्थात्  आठ करोड ४१ लाख २२ हजारले बढेको सूचना अधिकारी हुमागाईँले जानकारी दिए।

चालु आवको चार महिनामा पेट्रोलियम पदार्थ आयातबाट दुई अर्ब ९६ करोड ८१ लाख ४५ हजार राजस्व सङ्कलन भएको छ । उक्त अवधिमा तीन अर्ब १० करोड ५४ लाख मूल्य पर्ने ३५ हजार १५६ किलोलिटर पेट्रोल आयात भएको थियो । यसै गरी एक अर्ब ७४ करोड ६८ लाख मूल्य पर्ने १८ हजार ४०८ किलोलिटर डिजेल आयात भएको छ ।

यस्तै, उक्त चार महिनाको अवधिमा रु ८२ करोड ६३ लाख मूल्य पर्ने आठ हजार ५५७ मेट्रिक टन एलपी ग्यास, रु २६ करोड ३३ लाख मूल्य पर्ने दुई हजार ९०८ किलोलिटर एटिएफ र रु चार करोड ६१ लाख मूल्य पर्ने ५०८ किलोलिटर मट्टितेल आयात भएको छ ।

प्रकाशित समय : ०३:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु