global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ हेटौँडा २५ मिटर सडक विस्तारबारे दुर्गा प्रसाईंको आपत्ति

हेटौँडा २५ मिटर सडक विस्तारबारे दुर्गा प्रसाईंको आपत्ति

हेटौँडा २५ मिटर सडक विस्तारबारे दुर्गा प्रसाईंको आपत्ति

मकवानपुर । हेटौँडा बजार क्षेत्रमा जारी २५ मिटर सडक विस्तारको विषयमा मेडिकल व्यवसायी दुर्गा प्रसाईंले सरकारको शैली र मुआब्जा प्रक्रियाप्रति कडा आपत्ति जनाएका छन् ।

सामाजिक सञ्जालमा पोस्ट गर्दै उनले उचित क्षतिपूर्ति नदिइ नागरिकका घरमा बुलडोजर चलाउनु अन्यायपूर्ण भएको टिप्पणी गरेका छन् ।

प्रसाईंका अनुसार भारतमा रेल्वे ट्र्याक वा सडक विस्तारका क्रममा प्रभावित नागरिकलाई सरकारी दरभन्दा तीन गुणा बढी मुआब्जा दिइएपछि मात्र परियोजना अघि बढाइने प्रचलन छ । ‘त्यो उदाहरण पर्खनु पनि पर्दैन, छिमेकी भारतकै अभ्यास हेर्नुपर्छ, जहाँ नागरिकले राज्यको कामलाई स्वागत गर्छन्,’उनले लेखेका छन् ।
तर नेपालमा भने यसको ठीक उल्टो अवस्था देखिएको भन्दै उनले सरकारलाई चेतावनीसमेत दिएका छन् ।

‘मकवानपुर–हेटौँडा बजार क्षेत्रमा सडक विस्तारको नाममा उचित मुआब्जा नदिई नागरिकका घरमा डोजर चलाउने, वा दीर्घकालीन व्यवस्थापनको योजना पनि नबनाई सुकुम्बासीका टहराजस्ता काम नगर्नु,’उनको पोस्टमा उल्लेख छ ।

उक्त पोस्टमार्फत प्रसाईंले राज्यले नागरिकलाई भूमिहीन बनाउने, व्यवसायीलाई विस्थापित गर्ने र बिना योजनाका घरभत्काई कार्य तुरुन्त रोक्नुपर्ने बताएका छन् ।

उनको भनाइअनुसार, सडक विस्तार आवश्यक भए पनि समाधान छलफल, वार्ता र उचित क्षतिपूर्तिबाट खोजिनुपर्छ । ‘राज्यको काम जनतालाई विस्थापित गर्नु होइन, सुरक्षित राख्नु हो,’प्रसाईले लेखेका छन् । साथै, सडक विस्तारका लागि बैकल्पिक मार्ग प्रयोग गर्न सकिने उनको सुझाव छ ।

हेटौँडामा २५ मिटर सडक विस्तारलाई लिएर व्यापारी र स्थानीय बासिन्दाले निरन्तर आन्दोलन गरिरहेका बेला दुर्गा प्रसाईको यस्तो अभिव्यक्ति सार्वजनिक भएको हो ।

प्रकाशित समय : १८:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु