global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ पारिवारिक कथामा आधारित चलचित्र ‘हर्ष’ देशभर प्रदर्शित

पारिवारिक कथामा आधारित चलचित्र ‘हर्ष’ देशभर प्रदर्शित

पारिवारिक कथामा आधारित चलचित्र ‘हर्ष’ देशभर प्रदर्शित

पारिवारिक कथामा आधारित चलचित्र ‘हर्ष’ यही मङ्सिर १२ गतेदेखि देशभर प्रदर्शनरत छ । अभिनेता खगेन्द्र लामिछाने र अभिनेत्री वर्षा राउत रहेको उक्त चलचित्रको निर्देशक एकता पौडेलले छिन ।

स्वर्गीय निर्देशक शिव रेग्मीको भाञ्जीसमेत रहेकी निर्देशक पौडेलले पहिलो निर्देशकीय चलचित्रमा सामाजिक विषयलाई स्थान दिएका बताए । “मसँग रहेका आधा दर्जनभन्दा बढी पटकथामध्ये ‘हर्ष’लाई छनोट गरेँ । चलचित्रको कथावस्तु र पात्रसँग दर्शक जोडिनेमा विश्वस्त भएर नै मैले सामाजिक विषय रोजेकी हुँँ”, निर्देशक पौडेलले भनिन ।

नेपाली समाजमा वंश निरन्तरताका क्रममा अवरोध आउँदा परिवार र समाजले गर्ने प्रतिक्रिया तथा त्यसले सिर्जना गर्ने मनोवैज्ञानिक दबाबलाई चलचित्रमा देखाएको छ । अभिनेत्री वर्षा राउत चलचित्रमा बुहारीको भूमिकामा छन । “केन्द्रीय भूमिका भएपछि दर्शकले मेरो अभिनयलाई अलि ध्यान दिएर हेर्नुभएको जस्तो लागेको छ । अघिल्ला चलचित्रको तुलनामा सुधार गरेको प्रतिक्रिया पाएकी छु, दर्शकले समाजको एउटा देखाउनै पर्ने कथा भनेर तारिफ गर्नुभएको छ”, अभिनेत्री राउतले स्पष्ट गरिन।

उक्त चलचित्रमा अभिनेत्री राउतसँगै खगेन्द्र लामिछाने, निर शाह, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, निमा पाण्डे, लुनिभा तुलाधर, अंशु महर्जन, रेनु प्रधान, सुवर्ण थापा, श्रृष्टि महर्जनलगायतका कलाकारले अभिनय गरेका छन।

प्रकाशित समय : १७:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु