global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ पोखराका ओपनर रोसिङ्टनको अर्धशतक

पोखराका ओपनर रोसिङ्टनको अर्धशतक

पोखराका ओपनर रोसिङ्टनको अर्धशतक

नेपाल प्रिमियर लिग (एनपीएल)को २१औँ खेलमा पोखराका ओपनर एडम रोसिङ्टले कर्णाली याक्सविरुद्ध अर्धशतक प्रहार गरेका छन्।

त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पोखराका एडमले ३० बलमा ७ चौका र २ छक्कासहित अर्धशतक पूरा गरेका हुन्।

उनले पहिलो विकेटका लागि कुशल भुर्तेलसँग ३४ रनको साझेदारी गरेका थिए। यो उनको दोस्रो अर्धशतक हो। यसअघि उनले लुम्बिनी लायन्ससँग ८१ रनको पारी खेलेका थिए।

प्रकाशित समय : १७:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु