global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ एक क्विन्टल गाँजासहित दुई जना पक्राउ

एक क्विन्टल गाँजासहित दुई जना पक्राउ

एक क्विन्टल गाँजासहित दुई जना पक्राउ

पर्सा प्रहरीले एक क्विन्टल चार किलोग्राम गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीले विशेष सूचनाका आधारमा जाँच गर्दा पर्साको मनवाबाट रङ्गपुरतर्फ जाँदै गरेको बिएबी ९३९८ नम्बरको कारमा लुकाइराखेको १०४ किलोग्राम गाँजा बरामद गरेको हो ।

पर्सा प्रहरीका प्रवक्ता राजु कार्कीले गाँजासहित मकवानपुर जिल्ला भीमफेदी गाउँपालिका–८ का भीम स्याङ्तान (चालक) र मकवानपुरगढी गाउँपालिका–१ का ३८ वर्षे कुमार स्याङ्तानलाई पक्राउ गरेको जानकारी दिए । दुवैजनामाथि लागूऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको उनले बताए ।

प्रकाशित समय : १५:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु