global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ एमाले महाधिवेशनः उद्घाटन सत्रमा विदेशी दलका प्रतिनिधि सहभागी नहुने

एमाले महाधिवेशनः उद्घाटन सत्रमा विदेशी दलका प्रतिनिधि सहभागी नहुने

एमाले महाधिवेशनः उद्घाटन सत्रमा विदेशी दलका प्रतिनिधि सहभागी नहुने

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आसन्न ११औँ राष्ट्रिय महाधिवेशनमा विदेशका राजनीतिक दलका प्रतिनिधिहरु सहभागी नहुने भएका छन् ।

छोटो समयमा नै महाधिवेशन गर्नुपरेकाले यसपटक विदेशका मैत्री तथा भाइचारा सम्बन्ध भएका राजनीतिक दललाई नबोलाउने निर्णय भएको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।

“महाधिवेशनको समय छोटो समयमा नै तोक्यौँ । समय कम भएकाले उहाँहरुलाई नबोलाउने निर्णय गरेका हौँ,” उनले भने, “महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना सन्देशमा भने आउने छ ।”

यसअघि एमालेले चीन, भारत, भियतनामलगायत मैत्री तथा भाइचारा सम्बन्ध भएका करिब ५० राजनीतिक दललाई महाधिवेशनको उद्घाटन सत्रमा अतिथिका रुपमा बोलाउने गरेको थियो । एमाले महाधिवेशन यही मङ्सिर २७ देखि २९ गतेसम्म काठमाडौँमा हुँदैछ ।

प्रकाशित समय : १५:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु