global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ एनपिएलः मलान र साउँदद्वारा अर्धशतक

एनपिएलः मलान र साउँदद्वारा अर्धशतक

एनपिएलः मलान र साउँदद्वारा अर्धशतक oplus_0

चितवन राइनोजका ओपनर ब्याटरद्वय डेविड मलान र अर्जुन साउँदले अर्धशतक प्रहार गरेका छन् ।

कीर्तिपुर रङ्गशालामा जनकपुर बोल्ट्सविरुद्धको खेलमा दुवै खेलाडीले अर्धशतक प्रहार गरेका हुन् । मलानले ३८ बलमा चार छक्का र दुई चौकाको मद्दतमा अर्धशतक पूरा गरे । अर्जुनले ३७ बलमा तीन छक्का चार चौकाको मद्दतले ५० रन पूरा गरे ।

योसँगै मलान अर्धशतक हिर्काउने १८औँ र साउँद १९औँ खेलाडी बनेका छन् । यो अर्धशतकले अर्धशतकको सङ्ख्या २३ पनि पुगेको छ ।

यसअघि जारी सिजनमा चितवन राइनोजका रवि बोपराले तीन, पोखरा एभेन्जर्सका कुशल भुर्तेल र कर्णाली याक्सका प्रियान्क पन्चालले दुई/दुई अर्धशतक हिर्काएका छन् ।

यसैगरी सुदूरपश्चिम रोयल्सका विनोद भण्डारी, जोश ब्राउन, हरमित सिंह, ईशान पाण्डे, विराटनगर किंग्सका लोकेश बम, मार्टिन गुप्टिल, बसिर अहमद, पोखराका सुमित बर्माले, एडम रोसिङटन, जिमी निशम काठमाडौँ गोर्खाजका जोन सिम्प्सन, जनकपुर बोल्ट्सका वायन पार्नेल, सञ्जय कृष्णमूर्ति र आशिफ शेखले एक/एक अर्धशतक हिर्काएका छन् ।

कर्णालीका मार्क वाटले मात्रै जारी प्रतियोगितामा शतक प्रहार गरेका छन् ।

प्रकाशित समय : १३:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु