काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

१० अर्ब बराबरको विकास ऋणपत्रको आज बोलकबोल हुँदै

1.64K
shares

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले मंगलबार १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्रको बोलकबोल गर्दै छ । कार्यालयले १७ मंसिर (बुधबार) विकास ऋणपत्र– २०८२ जारी गर्दै छ ।

बर्से अवधिको विकास ऋणपत्रमा बैंक तथा वित्तीय संस्था, अन्य व्यक्ति, फर्म, संस्था वा कम्पनीले आवेदन दिन पाउँछन् । लामो अवधिको सरकारी ऋणपत्रको रुपमा रहने विकास ऋणपत्रलाई चाहेको खण्डमा बैंक धितोको रुपमा राख्न सकिन्छ भने शेयर बजारमा अरु शेयरजस्तै यसलाई पनि दोस्रो बजारमा किनबेच गर्न सकिन्छ ।

प्रस्तावित विकास ऋणपत्रमा परेका आवेदनहरूमध्येबाट मंगलबार दिउँसो २ बजेभित्र बोलकबोल गरिने सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ ।

कुल निष्कासित १० अर्ब रुपैयाँमध्ये ८५ प्रतिशत अर्थात् ८ अर्ब ५० करोड रुपैयाँ प्रतिस्पर्धा र १५ प्रतिशत अर्थात् १ अर्ब ५० करोड रुपैयाँ बिनाप्रतिस्पर्धा बाँडफाँड गरिने कार्यालयले जनाएको छ ।