गृहपृष्ठ १० अर्ब बराबरको विकास ऋणपत्रको आज बोलकबोल हुँदै
१० अर्ब बराबरको विकास ऋणपत्रको आज बोलकबोल हुँदै
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले मंगलबार १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्रको बोलकबोल गर्दै छ । कार्यालयले १७ मंसिर (बुधबार) विकास ऋणपत्र– २०८२ जारी गर्दै छ ।
बर्से अवधिको विकास ऋणपत्रमा बैंक तथा वित्तीय संस्था, अन्य व्यक्ति, फर्म, संस्था वा कम्पनीले आवेदन दिन पाउँछन् । लामो अवधिको सरकारी ऋणपत्रको रुपमा रहने विकास ऋणपत्रलाई चाहेको खण्डमा बैंक धितोको रुपमा राख्न सकिन्छ भने शेयर बजारमा अरु शेयरजस्तै यसलाई पनि दोस्रो बजारमा किनबेच गर्न सकिन्छ ।
प्रस्तावित विकास ऋणपत्रमा परेका आवेदनहरूमध्येबाट मंगलबार दिउँसो २ बजेभित्र बोलकबोल गरिने सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ ।
कुल निष्कासित १० अर्ब रुपैयाँमध्ये ८५ प्रतिशत अर्थात् ८ अर्ब ५० करोड रुपैयाँ प्रतिस्पर्धा र १५ प्रतिशत अर्थात् १ अर्ब ५० करोड रुपैयाँ बिनाप्रतिस्पर्धा बाँडफाँड गरिने कार्यालयले जनाएको छ ।
प्रकाशित समय : १३:१४ बजे



















