global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ आलुको मूल्य १३ प्रतिशतसम्म घट्यो

आलुको मूल्य १३ प्रतिशतसम्म घट्यो

आलुको मूल्य १३ प्रतिशतसम्म घट्यो

कालीमाटी तरकारी बजारमा आलुको मूल्य १३ प्रतिशतसम्म घटेको छ । मंगलबार (आज) बजारमा थोक मूल्य रातो आलु न्यूनतम ४५ रुपैयाँदेखि अधिकतम ५० रुपैयाँ , सेतो आलु न्यूनतम ३७ रुपैयाँदेखि अधिकतम ३८ रुपैयाँ र भारतीय रातो आलु न्यूनतम ३८ रुपैयाँदेखि अधिकतम ४० रुपैयाँ रहेको छ ।

अघिल्लो सात (मंसिर ९ गते) रातो आलु न्यूनतम ५० रुपैयाँदेखि अधिकतम ६० रुपैयाँ सेतो आलु न्यूनतम ४० रुपैयाँदेखि अधिकतम ४२ रुपैयाँ र भारतीय रातो आलु न्यूनतम ३० रुपैयाँदेखि अधिकतम ४६ रुपैयाँ रहेको थियो ।

आज रातो आलु १३.६४ प्रतिशतले घटेर औसत मूल्य ४७ रुपैयाँ प्रतिकिलो रहेको छ । अघिल्लो साता (मंगलबार) यो आलुको औसत मूल्य प्रतिकिलो ५५ रुपैयाँ रहेको थियो ।

गत मंगलबार ४०.७५ रुपैयाँ औसत मूल्य रहेको सेतो आलु ७.९८ प्रतिशतले घटेर आज ३७.५० रुपैयाँ औसत मूल्य रहेको जनाएको छ ।

गत मंगलबार भारतीय रातो आलु प्रतिकिलो ३८.५० रुपैयाँ औसत मूल्य रहेकोमा ३९ रुपैयाँ प्रतिकिलो पुगेको छ । यो आलु १.३० प्रतिशतले बढेको समितिले जनाएको छ ।

प्रकाशित समय : १२:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु