global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ सोनौलीबाट दिल्ली जाँदै गरेको बस दुर्घटना : दुईजनाको मृत्यु, १५ घाइते

सोनौलीबाट दिल्ली जाँदै गरेको बस दुर्घटना : दुईजनाको मृत्यु, १५ घाइते

सोनौलीबाट दिल्ली जाँदै गरेको बस दुर्घटना : दुईजनाको मृत्यु, १५ घाइते

उत्तर प्रदेशको बलरामपुरमा सोनौलीबाट दिल्ली जाँदै गरेको बस ट्रकसँग ठोक्किद दुईजनाको मृत्यु भएको छ। १५ जना घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। ट्रकसँग ठोक्किएपछि बसमा आगो लागेको थियो।

बलरामपुरका प्रहरी अधीक्षक विकास कुमारले बसबाट दुईजनाको शव निकालिएको र १५ जना घाइते भएको बताए। घाइतेहरूलाई उपचारको लागि अस्पतालमा भर्ना गरिएको छ।

उनले आगलागीको कारण अनुसन्धान भइरहेको बताए। छ जना यात्रु गम्भीर घाइते भएका र उनीहरूलाई लखनऊ रेफर गरिएको उनले बताए। दुर्घटना बलरामपुरको फुलवारिया बाइपासमा सोमबार राति करिब २ बजेतिर भएको थियो।

प्रकाशित समय : १०:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु