global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा नेपाल लाइफ इन्स्योरेन्सद्वारा डेढ करोड सहयोग

भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा नेपाल लाइफ इन्स्योरेन्सद्वारा डेढ करोड सहयोग

भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा नेपाल लाइफ इन्स्योरेन्सद्वारा डेढ करोड सहयोग

काठमाडौँ . ‘जेनजी’ प्रदर्शनीका क्रममा क्षति पुगेका भौतिक संरचनाको पुनर्निर्माणका लागि नेपाल सरकारद्वारा स्थापना गरिएको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले  एक करोड ५० लाखको सहयोग प्रदान गरेको छ ।

अर्थ मन्त्रालयका प्रवक्ता टङ्कप्रसाद पाण्डेयका अनुसार आज कम्पनीका सञ्चालक समिति अध्यक्ष गोविन्दलाल सङ्घई, सञ्चालक कमलेशकुमार अग्रवाल र कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले संयुक्त रूपमा उक्त रकमको भौचर अर्थमन्त्री रामेश्वरप्रसाद खनाललाई हस्तान्तरण ग/]को हो ।

गत भदौ २३ र २४ गतेको ‘जेनजी’ प्रदर्शनका क्रममा भएको क्षतिको पुनर्निर्माण, आर्थिक पुनःरुत्थान तथा राहतलगायत कार्यका लागि उक्त कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कोषमा उक्त रकम योगदान गरिएको जनाएको छ ।

हालसम्म कोषमा ११ करोड ८२ लाख जम्मा भएको पनि अर्थ मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित समय : १८:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु