गृहपृष्ठ कामना सेवाविकास बैंकलाई अग्राधिकार शेयर जारी गर्न धितोपत्रबोर्डको स्वीकृती
कामना सेवाविकास बैंकलाई अग्राधिकार शेयर जारी गर्न धितोपत्रबोर्डको स्वीकृती
नेपाल धितोपत्रबोर्ड (सेबोन)ले कामना सेवाविकास बैंकलाई ९ प्रतिशत लाभांश दर तोकिएको १०० अंकित३५ लाख कित्ता अविमोच्य असञ्चिती अग्राधिकार शेयर निष्काशनको लागि अनुमती प्रदान गरेको छ ।
विकास बैंकको १८ औं वार्षिक साधारणसभावाट अग्राधिकार शेयर जारी गर्ने प्रस्ताव पारित गरि नेपाल राष्ट्र बैंकको स्वीकृतीलिई धितोपत्रवोर्ड समक्ष स्वीकृतीका लागि पेश गरेकोमा बोर्डले स्वीकृती प्रदान गरेको हो ।
उक्त अग्राधिकार शेयर जारी गरेसँगै विकास बैंकको पूँजीगत संरचना थप सुदृढ भई पुँजी कोष बढ्न जाने तथा व्यवसाय विस्तारको अवसर बढ्ने बैंकले जनाएको छ । हालको बजारको तरलताको अवस्था र प्रतिफलकोदरलाई हेर्दा संस्थागत लगानीकर्ताहरुलाई ९ प्रतिशत लाभांश प्रदान गर्ने अग्राधिकार शेयरमा लगानीको उचित माध्यम हुनेछ ।
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई पुँजीकोष सवलीकरण गर्नका लागि हकप्रद शेयरको विकल्पको रुपमा सर्कुलर मार्फत् अविमोच्य असञ्चिती अग्राधिकार शेयर जारी गर्न बाटो खुलाएको थियो ।
प्रकाशित समय : १६:२७ बजे




















