प्रिमियर कप फाइनल : यूएईविरुद्ध नेपाललाई आठौँ सफलता
वि.सं.२०८२ मंसिर १५ सोमवार १४:१७
shares

यूएईले एसिसी यू–१९ प्रिमियर कपको फाइनल खेलमा नेपालविरुद्ध आठौँ विकेट गुमाएको छ । उसले आठौँ विकेटको रुपमा विकेटकिपर/ब्याटर सालेह अमीनलाई ५ रनम गुमाएको हो ।
अमीनलाई नेपालका नितेशकुमार पटेलले अशोक धामीको हातबाट क्याचआउट गराएका हुन् । टस हारेर ब्याटिङको मौका पाएको यूएईले ४३ ओभरमा १ सय ३६ रन बनाएर आठ विकेट गुमाएको छ ।
नेपालले जारी सिजनमा सानदार प्रदर्शन गरेको छ । ऊ लिगमा अहिलेसम्म अपराजित छ । त्यस्तै, प्रिमियर कपको फाइनलमा पुगेसँगै यू–१९ एसिया कपमा पनि छनोट भइसकेको छ ।
























