गृहपृष्ठ ‘बिगुल’को फर्स्टलुकसँगै प्रदर्शन मिति तय
‘बिगुल’को फर्स्टलुकसँगै प्रदर्शन मिति तय
काठमाडौं । चलचित्र ‘बिगुल’को फर्स्टलुक पोस्टरसँगै प्रदर्शन मिति सार्वजनिक गरिएको छ ।
सार्वजनिक तीनवटा पोस्टर मध्ये एउटामा अभिनेत्री बेनिशा हमाल गम्भीर भावमा छिन् । दोस्रो पोस्टरमा बेनिशासँगै अभिनेता नरेन खड्का र रमेश बुढाथोकी आक्रोसित छन् । अर्काे पोस्टरमा ‘बिगुल’का अधिकांश प्रमुख कलाकार छन् ।
रमेश कोइरालाको निर्देशन, कल्पना पौडेलको प्रस्तुति र दिनेश कोइरालाको कथा र निर्माण रहेको चलचित्र ‘बिगुल’ माघ ९ गतेबाट देशब्यापी प्रदर्शनमा आउनेछ ।
प्रकाशित समय : १३:३३ बजे



















