global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ साइक्लोन ‘डिट्वाह’ का कारण श्रीलङ्कामा १५९ जनाको मृत्यु, सावर्जनिक संकटकाल घोषणा

साइक्लोन ‘डिट्वाह’ का कारण श्रीलङ्कामा १५९ जनाको मृत्यु, सावर्जनिक संकटकाल घोषणा

साइक्लोन ‘डिट्वाह’ का कारण श्रीलङ्कामा १५९ जनाको मृत्यु, सावर्जनिक संकटकाल घोषणा

काठमाडौं । पछिल्ला दिनहरूदेखि प्रभाव पारिरहेको साइक्लोन ‘डिट्वाह’का कारण श्रीलङ्कामा मृत्यु हुनेहरूको संख्या १५९ पुगेको छ भने २०३ जना अझै बेपत्ता रहेको श्रीलङ्का विपद् व्यवस्थापन केन्द्र (डिएमसी) ले जनाएको छ ।

देशभरका २५ जिल्लामा करीव ८ लाख ३४ हजार मानिस प्रभावित भएका छन् । गम्भीर रूपमा बिग्रिँदो परिस्थितिले देशभर ठूलो मानवीय क्षति भएपछि श्रीलङ्काका राष्ट्रपति अनुरा कुमारा डिसानायकेले सार्वजनिक संकटकाल लागू गरेका छन् ।

हालैका वर्षहरूमा परेको सबैभन्दा ठूलो मौसमजन्य विपद्मध्ये एक मानिएको यस घटनाले स्थानीय संरचना र जनजीवन दुवैमा व्यापक असर पारेको बताइएको छ ।

प्रकोपका बीच उद्धार तथा राहत कार्यलाई सहज बनाउन अधिकारीहरूले ९१९ वटा सुरक्षा आश्रय केन्द्र स्थापना गरेका छन्, जसमा विस्थापितलाई राख्ने व्यवस्था मिलाइँदैछ ।

प्रकाशित समय : १०:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु