global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ जेनजी आन्दोलनका सहिदः “चिया खाइदिनुहोस् है ! उसको आत्माले शान्ति पाउँछ”

जेनजी आन्दोलनका सहिदः “चिया खाइदिनुहोस् है ! उसको आत्माले शान्ति पाउँछ”

जेनजी आन्दोलनका सहिदः “चिया खाइदिनुहोस् है ! उसको आत्माले शान्ति पाउँछ”

“मिठो मानेर चिया खाइदिनुहोस् है! छोराको आत्मा खुसी हुन्छ ।  आज उसको जन्म दिन हो” बिहानको कठ्याङ्ग्रिदो चिसोमा वसन्तुपरको डबली वरिपरि पुरुषोत्तम र रचना खवितडा खत्रीले थर्मसभरिको चिया र मालपुवा बाड्दै थिए ।

सडकमा रहेका असहायहरुको खोजी गर्दै चिया खुवाउँदै थिए । जेनजी आन्दोलनमा सहिद भएका रसिक खतिवडा खत्रीको आज जन्मदिन हो । रसिक जीवित भएको भए जन्मदिनमा सधैं आफैँले चिया पकाएर बिस्कुट, मालपुवा, दुनोट केही न केही खानेकुरा बाँड्न सङ्कटा, बसन्तपुर पुगेका थिए ।

छोराले जन्मदिन मनाउने शैली हेर्दै आएका पुरुषोत्तम दम्पत्तीले उनले संसार छोडे पनि चिया खुवाउन वसन्तपुर पुगेको बताए । “उ यसरी नै आफ्नो जन्मदिनमा सडकका असाहयहरुलाई खाजीखोजी चिया खुवाउँथ्यो”, आमा रचनाले स्मरण गर्दै भने, “दीनदुःखी देख्नै नसक्ने मेरो छोरोको के गल्ती थियो रु अनाहकै ज्यान गुमायो ।”

छोराको सम्झनामा रचनाको रुनुबाहेक अरु कुनै विकल्प छैन । रसिकले गरेका हरेक राम्रा बानी र व्यवहार मात्रै आफ्नो आँखाभरि फनफनी नाच्ने गरेको उनि बताउछन । जति दिन बित्छ, रचनाको कोखले छोरो खोजिरहन्छ । चिच्याएर रुनु पनि कति रुनु रु रचनाका अनुसार छोराको सम्झनामा रुँदारुँदै आँसु सुकिसकेको छ । मन भने चर्किरहन्छ । आज रसिक बाँचेको भए, २३ वर्षमा टेक्नुहुन्थ्यो । बल्लतल्ल हुर्काएको छोरोले बिना कसुर ज्यान गुमाउनु पर्दा राज्यसँग रचनाको थुप्रै प्रश्न छन् । उनि भन्छन,“किन मारियो मेरो छोरो ? के गल्ती थियो उसको ?”

रचनाको जीवनमा आक्रोश, प्रश्नहरु र छोराको स्मरणहरु मस्तिस्कमा नाचिरहन्छन् । बुबा पुरुषोत्तमले छोराको दयालु स्वभाव भुल्न सक्छन । उनि रसिक बित्नुभन्दा १२ दिनअघिको घटना सम्झिन्छन । त्यो दिन कान्छो छोरोलाई जस्तै गरी मायाले हुर्काएको कुकुर बित्यो । एक दशकदेखि आँखा अगाडि नाचिरहने कुकुर अचानक मरेर जाँदा मानव संवेदना हो, रुनु स्वभाविक थियो । कुकुर बितेपछि रुँदै बसिरहेका आमा बाबालाई फकाउने छोरा रसिक हुनुहुन्थ्यो । उहाँले त्यतिबेला जीवन हो, आउँछ–जान्छ, स्वीकार्नु पर्छ भन्ने आशयमा आफूहरुलाई सम्झाउँदाको परिपक्कता पुरुषोत्तमको हृदयमा सधैं छापजस्तै रहनेछ ।

उनका एक मात्रै २२ वर्षे छोराले भदौ २३ गतेको जेनजी आन्दोलनमा सहिद भएका छन । छोरो गुमाउँदाको घाउ आलै छ । आलो घाउमा मल्हम लगाउने आधारहरु खोज्दै पुरुषोत्तम जेनजी आन्दोलनका सहिदलाई न्याय दिलाउन सङ्घर्षरत अभियानमा छन । “छोरो दिवङ्गत भएको अर्को दिनदेखि नै हामी सहिद घोषणा गर्नुपर्ने र राज्यले सम्मान दिनुपर्ने आवाज चर्काउँदै आएका थियौँ । अहिलेसम्म निरन्तर लागेका छौँ”, उनि भन्छन, “२२ वर्षे छोराले जुन परिपक्कताका साथ जीवन हो आउँछ जान्छ, भनेको थियो त्यसैलाई स्वीकार गरेर न्यायको पक्षमा लागिरहेको छु ।” पुरुषोत्तमका अनुसार जेनजी आन्दोलनका सहिदका परिवारले केही राहत पाए पनि आहत भने जीवनभर नमेटिने बताइन । उहाँहरुको अहिलेको एउटै एउटै माग छ, “दोषिलाई कारबाही गर्नुपर्छ । अनि मात्रै सहिदले न्याय पाउँछन् ।”

रसिक २०६० माघमा काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१० मा जन्मिएका थिए । होटेल म्यानेजमेन्ट विषय अध्ययरत रसिकको सपना स्वदेशै बसेर व्यवसाय गरे। कलिलो तन, रसिलो भावसँगै अन्याय पटक्कै सहन नसक्ने विद्रोही स्वभावले रसिकलाई परिवार र साथीभाइ माझ सधैँ यादगार बनाएको छ । उनका बुबा पुरुषोत्तमका अनुसार सानैदेखि रसिकमा अन्याय सहने स्वभाव थिएन । एक दिन बाटोमा हिँड्दै कसैले एक महिलालाई जिस्क्याएछ । ती युवती कराउँदै थिइन् । बाटोमा आउने–जानेले खासै वास्ता गरेका थिएनन् तर बुबाको हात समाउँदै बजार हिडिरहेका रसिकले आँखा छलेर ती युवतीलाई परेको समस्या के हो भन्दै सोध्नपुग्नु भएछ । बुबा पुरुषोत्तमले विवादमा नफस भन्दै सम्झाउँदा पनि रसिकले कसैलाई अन्याय परेको छ भने साथ दिनुपर्छ भनेर सम्झाउनु भएको पुरुषोत्तम सम्झन्छन ।

प्रकाशित समय : १७:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु