global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ दहरूले आर्थिक सुधारलाई मुख्य प्राथमिकतामा राख्नुपर्छ : हेमराज ढकाल

दहरूले आर्थिक सुधारलाई मुख्य प्राथमिकतामा राख्नुपर्छ : हेमराज ढकाल

दहरूले आर्थिक सुधारलाई मुख्य प्राथमिकतामा राख्नुपर्छ : हेमराज ढकाल

नेपाल उद्योग परिसंघका उपाध्यक्ष हेमराज ढकालले देशमा कम्पनी, उद्यमशिलता र उद्योग खोल्ने वातावरण बनाउनुपर्ने बताएका छन् ।

राष्ट्रिय युवा परिषद्ले बुधबार आयोजना गरेको कार्यक्रममा उनले राजनीतिले मात्र मुलुक समृद्ध हुन नसक्ने भन्दै ‘इकोनोमी’लाई पनि सँगै लैजानुपर्ने बताए ।

ढकालले कम्पनी, उद्यमशीलता र उद्योग खोल्ने प्रतिष्पर्धा हुनुपर्ने बताए । उद्यमशीलता, उद्योग र आर्थिक सुधारलाई राजनीतिक एजेण्डाको मुख्य प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ छ ।

आगामी निर्वाचनका लागि राजनीतिक दलहरूले तयार गर्ने घोषणापत्रमा कम्पनी दर्ता, उद्यम सञ्चालन र उद्योग विस्तारलाई सहज बनाउने स्पष्ट नीति समावेश गर्नुपर्नेमा ढकालको जोड छ । राजनीतिकेन्द्रित सोचले मात्रै देश विकास गर्न नसक्ने उनको भनाइ छ । राजनीति र अर्थतन्त्रलाई समानान्तर रूपमा अघि बढाउनुपर्ने उनले बताए ।

पुराना कानुनहरूलाई परिवर्तन गरी समयानुकुल बनाउनुपर्ने पनि ढकालको भनाइ छ । ५० वर्ष पुराना कानुन र प्रणालीले नयाँ पुस्ताको क्षमतालाई सम्बोधन नगर्ने उनको भनाइ छ । दुई ठूला मुलुकको बीचमा रहेको भौगोलिक अवस्थालाई नेपालले रणनीतिक अवसरका रूपमा उपयोग गर्नुपर्नेमा उनले जोड दिए ।

प्रकाशित समय : १५:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु