global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ ‘गिल्ट एण्ड ग्लोरी क्लाइम्बिङ विथ शेर्पाज्’ पुस्तकका लेखकसँग संवाद

‘गिल्ट एण्ड ग्लोरी क्लाइम्बिङ विथ शेर्पाज्’ पुस्तकका लेखकसँग संवाद

‘गिल्ट एण्ड ग्लोरी क्लाइम्बिङ विथ शेर्पाज्’ पुस्तकका लेखकसँग संवाद

नर्वेजीयन लेखक जोन ग्याङमडको हालै प्रकाशित पुस्तक ‘गिल्ट एण्ड ग्लोरी क्लाइम्बिङ विथ शेर्पाज्’ बजारमा आएको छ । विगत ३५ वर्षदेखि शेर्पासँगै सहकार्य गर्दै पर्वतारोहण गर्दै आएका उनले पुस्तकमा आफ्नो अनुभवका साथै शेर्पासँग सम्बन्धित इतिहास, भूगोल, समाज, विकासलगायत पक्षलाई समेटेका छन ।

लेखक जोनले करिब ६०० पृष्ठ लामो पुस्तकमा पर्वतारोहणका साथै शेर्पाको इतिहास, भूगोल, समाज, जीवनशैलीलगायत पक्षलाई वर्णन गरेका हुन । पुस्तकका बारेमा छलफल गर्न काठमाडौँको बज्र बुक्समा आएका लेखक जोनसँग पाठकले जिज्ञासा राखेका छन् ।

सोक्रममा प्रसान्तकुमार विकले शेर्पाको बदलिदो जीवनशैली, शिक्षा, पर्वतारोहणलगायत क्षेत्रमा गरिरहेको नेतृत्वका बारेमा पुस्तकमा उल्लेख गरिएको बताउँदै शेर्पाका बारेमा जानकारी राख्न चाहने जोकोहीका लागि यो पुस्तक उपयोगी हुने धारणा राखे । उनले भने, “शेर्पाका बारेमा लेखिएका धेरै पुस्तक बाजरमा छन्, तर यसमा लेखकको अनुभव, हिमालप्रतिको उनको लगावका कारण थप रोचक बनेको छ । त्यसैले यो शेर्पाका बारेमा लेखिएको यो एउटा पूर्ण दस्ताबेज हो” ।

छलफलका क्रममा लेखकले शेर्पा हिमालका हिरो भएका जनाउँदै आफ्नो उनिहरूसँग पारिवारिक सम्बन्ध रहेको बताए । उनका प्रकाशित ४० कृतिमध्ये नेपालका बारेमा लेखिएको ‘कञ्चनजङ्घा’ पछिको यो दोस्रो कृति हो ।

विगत लामो समयदेखि पुस्तक प्रकाशन तथा वितरण गर्दै आएका बज्र बुक्सका विदुर डङ्गोलले शेर्पाका साथै पर्वतारोहणका क्षेत्रमा लेखिएका पुस्तक स्वदेशी तथा विदेशी पाठकले खोजीखोजी अध्ययन तथा अनुसन्धान गर्ने गरेकाले यो पुस्तक थप उपयोगी हुने विश्वास व्यक्त गरे ।

प्रकाशित समय : १५:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु