गृहपृष्ठ नेपालमा पहिलो पटक अत्याधुनिक प्रविधियुक्त ड्रिलिङ मेशिन सार्वजनिक
नेपालमा पहिलो पटक अत्याधुनिक प्रविधियुक्त ड्रिलिङ मेशिन सार्वजनिक
निर्माण तथा खानी उपकरणका आधिकारिक वितरक एक्सप्लोर अर्थमुभर्स प्रालिले अत्याधुनिक प्रविधियुक्त UNIROC WD581 ड्रिलिङ रिग लाई पहिलो पटक नेपालमा सार्वजनिक गरेको छ ।
UNIROC WD581 आधुनिक प्रविधि, उच्च क्षमता डिजाइन सहित निर्माण, खानी र क्वारी क्षेत्रमा प्रयोगका लागि तयार गरिएको छ । बलियो बनावट, उन्नत नियन्त्रण प्रणाली उच्च इन्धन दक्षता तथा उत्पादन क्षमताले यस उपकरणको प्रयोग कठिन भू–भागमा समेत अनुकुल रहेको छ ।
Advertisement कम्पनीका प्रतिनिधिले भने– “हामीले पहिलो पटक नेपालमा Explore Earth Movers Pvt. Ltd. प्रस्तुत गर्न पाउँदा अत्यन्त खुशी छौं । यो नवीनतम प्रविधिले नेपालको निर्माण र खानी उपकरण क्षेत्रलाई नयाँ स्तरमा पुर्याउनेछ । यसको उत्कृष्ट प्रदर्शन, इन्धन दक्षता र भरपर्दो पनले देशको पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पुर्याउनेछ ।”
UNIROC WD581 मा शक्तिशाली इन्जिन, उन्नत हाइड्रोलिक प्रणाली र चालकमैत्री नियन्त्रण प्यानल जडान गरिएको छ, जसले उच्च सटीकता र कम इन्धन खपत सुनिश्चित गर्छ । नेपालको विविध भौगोलिक अवस्थालाई मध्यनजर राख्दै डिजाइन गरिएको यो उपकरणले सञ्चालनमा सुरक्षाको उच्च मापदण्ड रहेको छ ।
प्रकाशित समय : १२:०३ बजे



















