global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ देश बनाउनका लागि धेरै भन्दा धेरै राजस्व जम्मा गर्ने लक्ष्य छ : मीनबहादुर गुरुङ (भिडियो सहित)

देश बनाउनका लागि धेरै भन्दा धेरै राजस्व जम्मा गर्ने लक्ष्य छ : मीनबहादुर गुरुङ (भिडियो सहित)

देश बनाउनका लागि धेरै भन्दा धेरै राजस्व जम्मा गर्ने लक्ष्य छ : मीनबहादुर गुरुङ (भिडियो सहित)

भाटभटेनी सुपर मार्केटका सञ्चालक एवम व्यवसायी मीनबहादुर गुरुङले देशको राजस्व खातामा धेरैभन्द धेरै पैसा जम्मा गर्ने आफ्नो लक्ष्य रहेको बताएका छन् ।
सोमबार काठमाडौंमा कर दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले आफू जस्तो व्यवसायीहरुले जम्मा गरेको पैसाले नै देश बन्ने भन्दै त्यसकारण पनि देशको राजस्व खातामा धेरै रकमजम्माहुनुपर्ने बताए ।

उनले भने, ‘मलाई आफ्नो देशको राजस्वखातामापैसा कमजाओस भन्ने कुरा कहिले पनिमनमाआउदैँन् । जहिले पनिदेशको राजस्वखातामा पैसा धेरैभन्द धेरै जम्मा गर्न सकौं । हामीले जम्मा गरेको पैसाले नै देश बनाउने हो । त्यसकारण कर जम्मा गर्नुपर्छ भन्ने मेरो विचार हो ।’
यस्तै, गतभदौ २३ र २४ गते भएको जेनजीआन्दोलनले ठूलो मात्रामाक्षतिभएको भन्दै अब गम्भिर भएर अगाडि बढ्नुपर्ने बताए ।

उनले भने, ‘गतभदौ २३ र २४ गते जेनजीको ठूलो आन्दोलन भयो र जेनजीहरुले दुई दिनमै सत्ता परिवर्तन गरिदियो । अब हामीगम्भीरभएर अगाडि बढ्नुपर्छ ।यदिभएनौ भने यस्तो आन्दोलन अझै धेरै हुन सक्छ ।’

आर्थिक गतिविधिहरु विस्तार गर्न सके राजस्वआफैं वृद्धि हुन्छ ः अध्यक्षअग्रवाल
सोहीक्रममा नेपाल चेम्बर अफकमर्शका अध्यक्षकमलेश कुमार अग्रवालले आर्थिक गतिविधिको विस्तार र राजस्व वृद्धि दुवै एकअर्काका परिपूरक भएको भन्दै आर्थिक गतिविधिहरुको विस्तार गर्न सके राजस्वपनिवृद्धि हुनेबताए ।

उनले भने, ‘राष्ट्रिय कर दिवस एक दिनको उत्सवमात्रै होइन ।जिम्मेवार कर प्रशासन र करदाताको साझा प्रतिबद्धताको सम्मानहो । आर्थिक गतिविधिको विस्तार र राजस्व वृद्धि दुवै एकअर्काका परिपूरक हुन् । जतिआर्थिक गतिविधिहरुको विस्तार गर्न सक्छौ त्यति नै राजस्वको वृद्धि हुने हो र सरकारले तोकेको लक्ष्यप्राप्ती गर्न सजिलो हुन्छ ।’
आर्थिक गतिविधिविस्तारको लागिनिजी क्षेत्रमैत्री कर नीतिहरु, करदातामैत्रीवातावरणको निर्माण आवश्यकरहेको पनिउनको भनाई छ ।

 

प्रकाशित समय : १३:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु