global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ सारथी केबलको व्यापार ४१ प्रतिशतले बढ्यो

सारथी केबलको व्यापार ४१ प्रतिशतले बढ्यो

सारथी केबलको व्यापार ४१ प्रतिशतले बढ्यो

सारथी केबल इन्डष्ट्रिजको व्यापार ४१ प्रतिशतले बढेको छ । कम्पनीको व्यापार सन् २०२४ को तुलनामा सन् २०२५ मा ४१ प्रतिशतले बढेको हो ।

कम्पनीले सन् २०२४ मा ३८ करोड ४० लाख रुपैयाँको व्यापार गरेको थियो । सन् २०२५ मा ५४ करोड २० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन् २०२३ मा ५१ करोड रुपैयाँ, सन् २०२२ मा ६५ करोड ३० लाख रुपैयाँ र सन् २०२१ मा ७५ करोड रुपैयाँको व्यापार गरेको थियो ।

कम्पनीको व्यापार बढे पनि पछिल्लो तीन वर्षदेखि खुद नाफा भने १ प्रतिशतभन्दा कम रहेको रेटिङमा उल्लेख छ ।

सन् २००५ मा स्थापना भएको कम्पनीले अल्मोनियम र कपर तार र केबल उत्पादन गर्दै आएको छ । कम्पनीले वार्षिक १५ सय ४८ मेट्रिक टन अल्मोनियमजन्य सामग्री र ११ सय ६१ मेट्रिक टन कपरजन्य सामग्री वस्तु उत्पादन गरी नेपाली बजारमा बिक्री वितरण गर्दै आएको छ ।

अंकित भुसालको ९९.७६ प्रतिशत स्वामित्व रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ८० करोड रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ४९ करोड रुपैयाँ र अल्पकालीन कर्जाका लागि ३१ करोड रुपैयाँको रेटिङ गराएको हो ।

प्रकाशित समय : १४:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु