global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ लैनचौरस्थित स्काउटको जग्गामा निर्मित संरचना भत्काइयो

लैनचौरस्थित स्काउटको जग्गामा निर्मित संरचना भत्काइयो

लैनचौरस्थित स्काउटको जग्गामा निर्मित संरचना भत्काइयो

नेपाल स्काउटको लैनचौरस्थित जग्गामा खड्का ल्याड डेभलपर प्रालिले निर्माण गरेको संरचनालाई काठमाडौं महानगरपालिकाले भत्काएको छ ।

स्काउटले बाँकी वक्यौता तिर्न यही कात्तिक २० गते उक्त कम्पनीलाई सातदिने सूचना जारी गरेको थियो । उक्त कम्पनीले बुधबारसम्म बक्यौता नतिरेपछि स्काउटले ती संरचना हटाइदिन काठमाडौं महानगरपालिकालाई पत्राचार गरेको थियो ।

स्काउटको अनुरोधमा महानगर प्रहरी बलको टोली आज ती संरचना भत्काएको महानगरीय प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले राससलाई जानकारी दिए । स्काउटका जग्गामा रहेका पार्टी प्यालेस, रेष्टुरेन्टलगायत संरचनाको नक्शा पाससमेत नरहेको उनले बताए ।

प्रकाशित समय : १४:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु