global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ जेनजी आन्दोलनका शहिदः परिवर्तनको सपना बोकेर सडकमा निस्किएका साजन

जेनजी आन्दोलनका शहिदः परिवर्तनको सपना बोकेर सडकमा निस्किएका साजन

जेनजी आन्दोलनका शहिदः परिवर्तनको सपना बोकेर सडकमा निस्किएका साजन

सङ्खुवासभाको पहाडी गाउँमा २०४१ सालमा जन्मिएका धरान उपमहानगरपालिका–५ का साजन मेवाहाङ राई देश र समाजमा न्याय, पारदर्शिता र उत्तरदायी नेतृत्वको खोजीमा निस्किएका आम नागरिकमध्ये एक थिए ।

गत भदौमा भएको ‘जेनजी आन्दोलन’को दोस्रो दिन उनि भक्तपुरको ठिमीस्थित सानो मैदानमा प्रहरीको गोली लागेर ढले । देश परिवर्तनको सपना बोकेर आन्दोलनमा होमिनुभएका साजनले त्यसैदिन ज्यान गुमाए । अहिले उनका दुई नाबालक छोराले बाबु र आमा दुवै गुमाएर संसारमै एक्लिन पुगेका छन् ।

साजन केही वर्षदेखि भक्तपुर ठिमीमा ज्याला मजदूरी गरेर जीविका चलाउँदै आएका एक मजदूर छन, करिब दुई वर्षअघि श्रीमतीको निधन भएपछि उनि आफ्ना दुई छोरासहित भाडाको सानो कोठामा बस्दै मजदूरी गरेर जीवन चलाउँदै आएका थिए । “काकाको आर्थिक अवस्था कमजोर थियो”, उनका भतिज भरत राई सम्झिनुहुन्छ तर उनि सधैँ देशमा भएको भ्रष्टाचार र अन्यायप्रति आक्रोशित रहन्थे । उनले भन्छन, “यी भ्रष्ट्रले देश बिगारे, मेरो जीवन त यतिकै बित्नेभयो, तर छोराहरूको भविष्य के होला रु”

त्यो आक्रोशले नै साजनलाई जेनजी आन्दोलनतर्फ तानेको थियो । पहिलो दिन उनि आन्दोलनमा जानु भएन तर पहिलो दिन प्रहरीको गोली र दमनको दृश्य देखेपछि काका निकै रिसाएर आवेशमा आएका थिए, भरतले भने, “भोलि म पनि जान्छु भनेर निर्णय गर्नुभयो ।” काका साजनले भन्नुभएको थियो, “हामी सर्वसाधारणका छोराछोरीमाथि गोली हान्ने रु” उनलाई ‘जेनजी’ के हो भन्ने पनि राम्ररी थाहा थिएन, तर ‘भ्रष्टाचारविरुद्धको आन्दोलन’ भनेर सुनेपछि उनि पनि सहभागी भएका थिए ।

भदौ २४ गते बिहान साजन र भरत दुवै आन्दोलनमा सहभागी भएका थिए । उनिहरू पेप्सीकोलाबाट बानेश्वरसम्मको शान्तिपूर्ण जुलुसमा जोडिनुभयो, हामी एक डेढ सय जना थियौँ । कोही चिनेजानेका, कोही अपरिचित । सबैको उद्देश्य एउटै शान्तिपूर्ण रूपमा भ्रष्टाचारविरुद्ध आवाज उठाउने । भरतले भने, “तर, दिन ढल्दै जाँदा प्रदर्शन नियन्त्रणभन्दा बाहिर गयो । प्रहरीले अश्रुग्यास र गोली चलायो, केही समूहले ढुङ्गा हाने र तोडफोड सुरु भयो । हामीले बारम्बार भन्यौँ, ‘ढुङ्गा नहानौँ, तोडफोड नगरौँ’ तर केही अराजक समूहले आन्दोलनलाई गलत दिशातिर धकेल्यो ।”

प्रकाशित समय : १४:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु