global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ श्रीलङ्काद्वारा अवैध शिकार गरेको आरोपमा ३२८ जना भारतीय माझी पक्राउ

श्रीलङ्काद्वारा अवैध शिकार गरेको आरोपमा ३२८ जना भारतीय माझी पक्राउ

श्रीलङ्काद्वारा अवैध शिकार गरेको आरोपमा ३२८ जना भारतीय माझी पक्राउ

श्रीलङ्काको नौसेनाले यो वर्षमा हाल सम्म ३२८ जना भारतीय माझीहरूलाई आफ्नो देशको जल–क्षेत्रमा अवैध शिकार गरेको आरोपमा पक्राउ गरेको मत्स्यपालन, जलीय तथा महासागर संसाधन उपमन्त्री रत्ना गामागेले बिहीबार बताएका छन ।

उनले पत्रकारहरूलाई नौसेनाले भारततीय माझिहरुले माछा मार्नका लागी प्रयोग गरेका ४१ वटा माछा मार्ने डुङ्गाहरूसमेत जफत गरेको उल्लेख गरेका छन ।

सन् २०२४ को तुलनामा चालु वर्षमा पक्राउ पर्नेहरुको सङ्ख्या उल्लेखनीय वृद्धि भएको जनाउदै श्रीलङ्काको जल–क्षेत्रमा विदेशी माझीहरूको अवैध प्रवेश नियन्त्रणका लागि अधिकारीहरूले कारबाही तीव्र पारेको उनले बताएका छन ।

गामाजेले नौसेनालाई मत्स्यपालन, जलीय र समुद्री स्रोत मन्त्रालय र श्रीलङ्काली प्रहरीले यो अपरेसनमा सहयोग र समन्वय गरेको बताएका छन ।

पछिल्लो समयमा श्रीलङ्कामा प्रतिबन्धित तथा विनाशकारी माछा मार्ने विधिहरूको प्रयोगका कारण श्रीलङ्काको पानीमा अवैध शिकार गर्ने विदेशी माझीहरूले स्थानीय माझीहरू र देशको समुद्री वातावरणका लागि अस्तित्वगत खतरा उत्पन्न गरेकोमा उनले दुख व्यक्त गरेका छन ।

 

प्रकाशित समय : १३:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु