global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ साकेला गाउँपालिकामा बाँसकलासम्बन्धी उद्योग स्थापना

साकेला गाउँपालिकामा बाँसकलासम्बन्धी उद्योग स्थापना

साकेला गाउँपालिकामा बाँसकलासम्बन्धी उद्योग स्थापना

गरिबी निवारणका लागि लघुउद्यम कार्यक्रम (मेडपा) अन्तर्गतसाकेला गाउँपालिकामा बाँसकलासम्बन्धी उद्योग स्थापना भएको छ ।

गाउँपालिका प्रमुख रविप्रकाश राईले बुधबार उद्योग उद्घाटन गर्दै स्थानीय स्रोतको अधिकाधिक उपयोगबाट नै समृद्धितर्फको यात्रा सम्भव हुने बताए ।

गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दुर्गबहादुर राईको अध्यक्षतामा सञ्चालन गरिएको उद्योग स्थापना कार्यक्रममा वडा नम्बर–२ रतन्छाका वडाध्यक्ष जीतेन्द्रकुमार राई, वडा नं ३ का वडाध्यक्ष गोविन्द तामाङ, इलाका प्रहरी कार्यालय मात्तिम बिर्ताका प्रमुख प्रहरी नायब निरीक्षक फाइदलसिं लिम्बू, गाउँपालिकाका सूचना अधिकारी डिएम चाम्लिङ राईलगायत जनप्रतिनिधि र लघुउद्यमसँग सम्बन्धित स्थानीयको सहभागिता थियो ।

उद्योग स्थापनाका लागि गाउँपालिकाले गत आर्थिक वर्ष सबै वडाका उद्यमीहरुलाई सहभागी गराएर बाँसकलासम्बन्धी तालिम सञ्चालन गरेको थियो ।

कोशी प्रदेश सरकार, कृषि उद्योग मन्त्रालयको बहुवर्षे योजनाअन्तर्गत स्थापना गरिएको उद्योगका लागि यस वर्ष १० लाख रकम उपलब्ध रहेको गाउँपालिकाका लेखा शाखा प्रमुख उत्तम आचार्यले जानकारी दिएका छन ।

प्रकाशित समय : ११:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु