गृहपृष्ठ पीएलओ ग्रुप र विराटनगर किंग्सबीच स्पोन्सरशिप सम्झौता
पीएलओ ग्रुप र विराटनगर किंग्सबीच स्पोन्सरशिप सम्झौता
आगामी नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ का लागि विराटनगर किंग्स र पीएलओ ग्रुपबीच स्पोन्सरशिप सम्झौता भएको छ । विराटचोकस्थित नेपलिरिका होटलमा आयोजित एक विशेष समारोहबीच सम्झौतामा औपचारिक हस्ताक्षर भएको हो ।
पहिलो सिजनमै विराटनगर किंग्ससँग सहकार्य गरेको पीएलओ ग्रुपले यस सिजनमा पनि निरन्तर साथ दिने घोषणा गरेको छ ।
कार्यक्रममा बोल्दै पीएलओ ग्रुपका अध्यक्ष भोलेश्वर दुलालले विराटनगरले कोशी प्रदेशको गौरव बढाइरहेको बताउँदै आगामी सिजनहरूमा पनि टिमलाई निरन्तर सहयोग र साथ प्रदान गर्ने प्रतिबद्धता जनाए । उनकाअनुसार ‘विराटनगर किंग्सको सफलता प्रदेशकै हैन, देशकै खेल विकासको प्रतीक हो ।’
त्यस्तै, विराटनगर किंग्सका टिम मालिक पारस लुनियाले क्रिकेटले देशका युवाहरूलाई एकतामा बाँध्ने काम गरिरहेको उल्लेख गर्दै भने, ‘एनपीएलले नेपाली खेलाडीहरूमा नयाँ उत्साह र उर्जा भरेको छ । हामी यस सिजनमा अझ सशक्त प्रदर्शन गर्ने लक्ष्यका साथ अघि बढिरहेका छौं ।’
एनपीएल सिजन २ का लागि तयारी तीव्र गतिमा भइरहेको छ, जसमा विराटनगर किंग्सले आफ्नो टिमलाई अझ प्रतिस्पर्धी बनाउने योजना अघि सारेको छ ।
प्रकाशित समय : १०:४९ बजे


















