global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ अस्ट्रेलियामा सडक दुर्घटनामा तीन नेपालीको मृत्यु

अस्ट्रेलियामा सडक दुर्घटनामा तीन नेपालीको मृत्यु

अस्ट्रेलियामा सडक दुर्घटनामा तीन नेपालीको मृत्यु

अस्ट्रेलियाको भिक्टोरिया राज्यस्थित ग्रामीण क्षेत्र स्टोनलीमा भएको भीषण सवारी दुर्घटनामा चितवन घर भएका एकै परिवारका तीन नेपालीले ज्यान गुमाएका छन् ।

मृत्यु हुनेमा ४१ वर्षीय पुरुष, ३१ वर्षीया श्रीमती र तीन वर्षीय छोरा रहेका छन् । उनीहरू सवार कारलाई मालबाहक ट्रकले ठक्कर दिँदा घटनास्थलमै तिनै जनाले ज्यान गुमाएको रिपोर्टमा उल्लेख गरिएको छ ।

दुर्घटनामा दम्पतीकी आमा गम्भीर घाइते भएकी छन् र उनलाई हेलिकोप्टर मार्फत अस्पताल पुर्‍याइएको छ । चिकित्सकका अनुसार उनको अवस्था स्थिर रहेको छ ।

प्रकाशित समय : १०:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु