गृहपृष्ठ इंग्ल्यान्डका डान डौथवेटले पोखरा एभेन्जर्सबाट एनपीएल खेल्ने
इंग्ल्यान्डका डान डौथवेटले पोखरा एभेन्जर्सबाट एनपीएल खेल्ने
पोखरा एभेन्जर्सले इंग्ल्यान्डका अलराउन्डर डान डौथवेटलाई नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि अनुबन्ध गरेको छ। क्लबले सामाजिक सञ्जालमार्फत उनको आवागमनको जानकारी दिएको हो।
२८ वर्षीय डौथवेटले अघिल्लो संस्करणमा काठमाडौं गोर्खाजका तर्फबाट खेलेका थिए। उनले इंग्ल्यान्डको राष्ट्रिय टोलीको प्रतिनिधित्व नगरे पनि घरेलु क्रिकेटमा प्रभावशाली प्रदर्शन गर्दै आएका छन्।
प्रकाशित समय : २०:४१ बजे




















