काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

सोलु हाइड्रोपावरले पायो आईपीओ निष्कासन अनुमति

3.97K
shares

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले करिब दुई महिनासम्म रोकिएको प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) को स्वीकृति प्रक्रिया सुरु गरेको छ ।

कर्मचारी आन्दोलन रोकिएसँगै बोर्डको कामकारबाही सुचारु भएको हो । काम सुरु भएसँगै लामो समयदेखि पाइपलाइनमा रहेका कम्पनीहरूका लागि आईपीओ निष्काशन सुरु भएको छ ।

मङ्गलबार सोलु हाइड्रोपावर लिमिटेडले धितोपत्र बोर्डबाट आईपीओ निष्कासन अनुमति पाएको छ । धितोपत्र बोर्डले कम्पनीलाई प्रति कित्ता १०० रुपैयाँ दरका २ करोड कित्ता सेयर निष्कासन गर्न अनुमति दिएको हो ।