गृहपृष्ठ सानिमा बैंकको दराजसंग दराज ११.११ योजनाका लागि सहकार्य

सानिमा बैंकको दराजसंग दराज ११.११ योजनाका लागि सहकार्य

सानिमा बैंकको दराजसंग दराज ११.११ योजनाका लागि सहकार्य

सानिमा बैंकले ग्राहकहरुका लागि दराजसंग दराज ११.११ योजनामा विशेष छुट दिने सहकार्य गरेको छ ।

योजना अवधिभर दराजबाट सामान खरिद गरी ग्राहकहरुले सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट अग्रीम भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्न सकिनेछ । ग्राहकहरुले डेबिट कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम् १,५०० सम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा २०% वा अधिकतम् २,००० सम्मको छुट प्राप्त गर्न सकिनेछ ।

छुटका लागि ग्राहकहरूले दराजबाट बैंक भौचर सङ्कलन गर्नुपर्नेछ । योजना अवधिभर सहभागी हुने ग्राहकहरुलाई “पहिलोलाई प्राथमिकता” को आधारमा छुट प्रदान गरिनेछ । यो योजना २०८२ कार्तिक २५ देखि मंसिर ५ गतेसम्मका लागि लागू हुनेछ ।

प्रकाशित समय : १८:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु