काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

मधेस सरकार गठनविरुद्ध सर्वोच्चमा रिट

1.72K
shares

मधेस प्रदेश सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ। संविधानको धारा १६८ को उपधारा ३ बमोजिम मधेस सरकार गठनविरुद्ध रक्कीप्रसाद साह र सुजित यादवले रिट दायर गरेका हुन्।

मधेस प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्रीको कार्यालय र मधेस प्रदेश सभालाई विपक्षी बनाएर रिट दायर गरिएको हो।

‘सरकार गठन प्रक्रियाका लागि संविधानको धारा १६८ को उपधारा २ जीवित हुँदाहुँदै पनि प्रदेश प्रमुख सुमीत्रा सुवेदी भण्डारीले काननु नै मिचेर धारा १६८ को उपधारा ३ मा टेकेर सरकार गठन गरेको विषयमा त्यसको बर्खीलाप रिट निवेदन दायर गरेको हो,’ रक्कीप्रसाद साहले भनेका छन्।