global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ नेपाल टेलिकमको विद्यार्थी लक्षित ‘एनटी फाइबर विद्यार्थी अफर’ सञ्चालनमा

नेपाल टेलिकमको विद्यार्थी लक्षित ‘एनटी फाइबर विद्यार्थी अफर’ सञ्चालनमा

नेपाल टेलिकमको विद्यार्थी लक्षित ‘एनटी फाइबर विद्यार्थी अफर’ सञ्चालनमा

काठमाडौँ । नेपाल टेलिकमले देशभर उच्च गुणस्तरीय र किफायती इन्टरनेट सेवाको माग बढ्दै गएको सन्दर्भमा विद्यार्थीहरूलाई लक्षित गरी ‘एनटी फाइबर विद्यार्थी अफर’ सञ्चालनमा ल्याएको छ। यस योजना वि.सं. २०५४ साल वा सोपछि जन्ममिति भएका विद्यार्थीका लागि हो।

आइतबार केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले उक्त अफरको शुभारम्भ गरे। मन्त्री खरेलले आर्थिक रूपले सक्षम नभएका विद्यार्थीहरूलाई सूचना प्रविधिमा पहुँच स्थापित गर्न सहुलियतपूर्ण विशेष उपहार प्रदान गरेकोमा नेपाल टेलिकमलाई धन्यवाद दिए। उनले जनतालाई सुशासनको अनुभूति हुनेगरी काम गर्न पनि निर्देशन दिएका छन्।

कम्पनी सञ्चालक समितिका अध्यक्ष, सञ्चार तथा सूचना प्रविधि सचिव राधिका अर्यालले नेपाल टेलिकमले नाफाभन्दा पनि सेवालाई प्राथमिकतामा राखेर काम गरिरहेको बताएकी छन्।

प्रकाशित समय : १६:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु