global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ होन्डाको इलेक्ट्रिक बाइक ‘डब्ल्युएन ७’ सार्वजनिक

होन्डाको इलेक्ट्रिक बाइक ‘डब्ल्युएन ७’ सार्वजनिक

होन्डाको इलेक्ट्रिक बाइक ‘डब्ल्युएन ७’ सार्वजनिक

होन्डाले इटालीको मिलानमा आयोजित ईसीआईएमए २०२५ मोटर शोमा आफ्नो पहिलो इलेक्ट्रिक मोटरसाइकल डब्ल्युएन ७ सार्वजनिक गरेको छ।

कम्पनीको अनुसार सो इलेक्ट्रिक बाइक ६०० सीसी पेट्रोल बाइक सरह शक्तिशाली छ र फुल चार्जमा १४० किलोमिटरको रेन्ज प्रदान गर्न सक्षम छ । यसमा कार जस्तै पुश स्टार्टरस्टप बटन राखिएको छ, जसले यसलाई आधुनिक मोटरिङ अनुभवसँग जोड्छ।

डिजाइनको कुरा गर्दा डब्ल्युएन ७ मिनिमलिस्टिक र नेकेड स्टाइलमा तयार गरिएको छ । सो बाइक कपर एक्सेन्ट, म्याट ब्ल्याक र ग्रे गरी तीन रङका विकल्पमा उपलब्ध हुनेछ । यसको तौल २१७ किलो राखिएको छ, जसले स्थिरता र सवारी अनुभवमा सहयोग गर्छ।

होन्डाले यो मोडललाई “फन सेगमेन्ट”को अनुभवका लागि निर्माण गरिएको बताएको छ । परफर्मेन्सका लागि सो बाइकमा वाटर कुल्ड इलेक्ट्रिक मोटर जडान गरिएको छ, जसले ५० किलोवाट पावर र १०० एनएम टर्क उत्पादन हुन्छ ।

मोटरमा पावर दिनका लागि बाइकमा सीसीएस २ फास्ट चार्जिङ सपोर्ट भएको ९.३ किलोवाट क्षमताको फिक्स्ड लिथियम आयन ब्याट्री जडान गरिएको छ, जसले १४० किलोमिटरसम्मको रेन्ज प्रदान गर्छ। यसको ब्याट्री ३० मिनेटमै २० प्रतिशतदेखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ।

प्रकाशित समय : ११:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु