global ime bank Long Banner Ad

गृहपृष्ठ नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको नाफा चार करोड ५० लाख

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको नाफा चार करोड ५० लाख

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको नाफा चार करोड ५० लाख

नेपाल इन्भेस्टमेन्ट बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४ करोड ५० लाख रुपैयाँ नाफा गरेको छ । बैंकले शुक्रबार जारी गरेको त्रैमासिक वित्तीय विवरणअनुसार यो आर्थिक वर्षको तीन महिनामा सो नाफा आर्जन गरेको हो ।

यो नाफा अघिल्लो वर्षको तुलनामा भने भारी कम हो । यो अवधिमा खुद नाफा ९६.९२ प्रतिशत घटेको छ । बैंकको गत वर्षको यसै अवधिमा यस्तो नाफा एक अर्ब ४६ करोड रुपैयाँ थियो ।

चालू आर्थिक वर्षको बैंकको खुद ब्याज आम्दानी पनि घटेको छ । यस्तो आम्दानी पहिले ३ अर्ब ८७ करोड रुपैयाँ रहेकोमा अहिले ३ अर्ब २४ करोड रुपैयाँ छ ।

प्रकाशित समय : ११:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु