global ime bank Long Banner Ad

गृहपृष्ठ मकवानपुरको बकैयामा मिनि ट्रक दुर्घटना, सडक अवरुद्ध

मकवानपुरको बकैयामा मिनि ट्रक दुर्घटना, सडक अवरुद्ध

मकवानपुरको बकैयामा मिनि ट्रक दुर्घटना, सडक अवरुद्ध

मकवानपुरको बकैया गाउँपालिका–११ लेनडाँडा नजिकैको कान्ति लोकपथ सडकखण्डमा शुक्रवार बिहान मिनि ट्रक दुर्घटना हुँदा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।

प्रहरीका अनुसार बारा जिल्लाबाट परालको भुस लोड गरी काठमाडौंतर्फ जाँदै गरेको मधेश प्रदेश–०३–००२ ख १३६५ नम्बरको मिनिट्रक सडकको खाल्डाखुल्डी र चिप्लो भागमा अनियन्त्रित भई बीच सडकमै पल्टिएको हो । दुर्घटना बिहान करिव ७ बजेतिर भएको बताइन्छ ।

घटनाको जानकारी प्राप्तहुनासाथ अस्थायी प्रहरी पोष्ट जितपुर भञ्याङबाट प्रहरी सहायक निरीक्षक (प्र.स.नि) सुरेन्द्र दरैको कमाण्डमा खटिएको प्रहरी टोली तत्काल घटनास्थलमा पुगेको थियो ।

प्रारम्भिक अनुसन्धान अनुसार दुर्घटनामा कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । चालक समिर तामाङ बारा–कोल्बी नगरपालिका निवासी हुन् । उनी प्रहरी सम्पर्कमा रहेका छन् ।

प्रकाशित समय : १०:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु