global ime bank Long Banner Ad

गृहपृष्ठ सुर्खेत प्रहरी हिरासतमा थुनुवाको मृत्यु

सुर्खेत प्रहरी हिरासतमा थुनुवाको मृत्यु

सुर्खेत प्रहरी हिरासतमा थुनुवाको मृत्यु

जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको मृत्यु भएको छ । मृत्यु हुनेमा लागुऔषध मुद्दामा पक्राउ परेका ३५ वर्षीय गंगे सुनार रहेका छन् ।

प्रहरीका अनुसार आज बिहान करिब ६ बजे सुतेकै ठाउँमा अचेत अवस्थामा भेटिएका उनलाई तत्काल कर्णाली प्रदेश अस्पताल पर्याइएको थियो । तर, अस्पताल पुर्याएको केहि समयपछि चिकित्सकहरूले सुनारलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक मोहनजंग बुढथापाले जानकारी दिए ।

७८ दिनअघि लागुऔषध मुद्दामा पक्राउ परेका उनी लागुऔषध प्रयोगकर्ता र उच्च रक्तचापका बिरामी थिए । उनले नियमित औषधी सेवन गरिरहेको पनि प्रहरीले बताएको छ ।

प्रकाशित समय : १०:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु