global ime bank Long Banner Ad

गृहपृष्ठ अफगानिस्तानले नेपाललाई दियो ११३ रनको लक्ष्य

अफगानिस्तानले नेपाललाई दियो ११३ रनको लक्ष्य

अफगानिस्तानले नेपाललाई दियो ११३ रनको लक्ष्य

काठमाडौं। हङकङ सुपर सिक्सेस क्रिकेट प्रतियोगिताको पहिलो खेलमा अफगानिस्तानले नेपाललाई ११३ रनको चुनौती दिएको छ।

टस जितेर पहिला ब्याटिंग गरेको अफगानिस्तानले ६ ओभरमा ५ विकेट गुमाउदै ११२ रन बनाएको हो ।

अफगानिस्तानका लागि करिम जनात १० बलमा चार छक्काको मद्दतमा ३५ रन बनाए। कप्तान गुलाब नाइबले १० बलमा ३ छक्कासहित २२ रनको महत्त्वपूर्ण योगदान दिए। त्यस्तै, सिदिकुल्लाह पचले २२ रन बनाए।

यस खेलमा नेपालका बलर रशिद खानले ह्याट्रिक लिएका थिए। रशिदले पाँचौं ओभरमा ह्याट्रिक लिएका हुन्। रशिदले यस खेलमा कुल ४ विकेट लिएका थिए । त्यस्तै लोकेश बमले एक विकेट लिएका थिए।

प्रकाशित समय : ०९:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु