global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ ‘ओलीको वरिपरि कांग्रेसको अर्को खेमा घुमिरहेको छ’

‘ओलीको वरिपरि कांग्रेसको अर्को खेमा घुमिरहेको छ’

‘ओलीको वरिपरि कांग्रेसको अर्को खेमा घुमिरहेको छ’

काठमाडौं । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले पार्टीभित्र फेरि पनि केपी शर्मा ओलीको प्रभाव देखिन थालेको टिप्पणी गरेका छन् । उनले हालका केही नेताहरू एमाले अध्यक्ष ओलीको नजिक पुगेको र त्यसका बारेमा बोल्नेहरुलाई पार्टीबाटै निकाल्ने धम्की दिइने अवस्था आएको आरोप लगाए ।

घिमिरेले भने, ‘अहिले केपी ओली जीको बारेमा बोल्नेलाई पार्टीबाट नै निकाल्दिन्छु भनिरहनु भएको छ । मैले भन्नै पर्छ, ओलीको वरिपरि फेरि नेपाली कांग्रेसको एउटा खेमा घुमिरहेको छ अहिले पनि ।’
उनले पार्टी महाधिवेशनको समयबारे पनि टिप्पणी गर्दै निर्वाचनपछि मात्र बैशाखमा गर्ने भनिएकोमा प्रश्न उठाए । ‘काँही नभएको जात्रा नेपाली कांग्रेसभित्र भएको छ । पार्टीमा सहमतिबाट महामन्त्रीले ल्याउने चलन छ भने अहिले सहमहामन्त्रीले ल्याइदिनुभएको छ । घरमुली भएर उहाँहरू झगडा गर्ने ?’ उनले व्यंग्य गर्दै भने ।

घिमिरेले विशेष महाधिवेशन र अविश्वास प्रस्तावका धाराबारे पनि स्पष्टता दिँदै दुवैलाई मिसाउने प्रयास गलत भएको बताए ।

उनले भने, ‘विशेष महाधिवेशनबाट नेतृत्व परिवर्तन गर्न दुई तिहाई बहुमत चाहिन्छ, त्यो फरक कुरा हो । विशेष महाधिवेशनको धारा १७(२) हाम्रो विधानको परिच्छेद ६ मा छ भने अविश्वासको धारा ४४ परिच्छेद १२ मा छ । यी दुई धारालाई मिसाउन मिल्दैन, यो त पानीको धारा होइन कि मिसाइदिने !’
उनले पार्टी नेताहरुलाई सुझबुझका साथ अघि बढ्न आग्रह पनि गरे । ‘हाम्रो नेताहरुले संकटमा सुझबुझ देखाउनुभयो, मिलेरै पार्टीलाई यहाँसम्म ल्याउनुभयो । हरेक संघर्षमा हामीले विजय प्राप्त गरेका हौँ । अब पार्टीलाई कसरी अगाडि लैजाने भन्ने विषयमा नेताहरुबीच सहमति आवश्यक छ,’ घिमिरेले भने ।

प्रकाशित समय : १८:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु