काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

स्कोडाको इन्याक ईभी ‘युज्ड कार अफ द इयर २०२५’ बाट सम्मानित

4.14K
shares

काठमाडाैं । स्कोडाको इन्याक ईभी ‘युज्ड कार अफ द इयर २०२५’ बाट सम्मानित भएकाे छ ।

बेलायतको चर्चित अटोमोटिभ पत्रिका ‘ह्याट कार ?’ले हालै इन्याक ईभीलाई ‘युज्ड कार अफ द इयर २०२५’ घोषणा गरेको हाे । लामो इतिहास बाेकेकाे यो अवार्ड विद्युतीय गाडीले जितेको पहिलोपटक हो।

पारिवारिक, अत्यधिक व्यावहारिक र किफायती एसयुभी इन्याक ईभीले यो प्रतिष्ठित ट्रफी जित्नको लागि करिब १२ सय प्रतिस्पर्धीहरूलाई पछि पारेकाे थियाे । इन्याक ईभी युके बजारमा करिब १३ हजार पाउन्ड (झन्डै नयाँको आधा मूल्य) मा खरिद गर्न सकिन्छ । नयाँ इन्याकको मूल्य भने करिब २६ हजार पाउन्ड पर्ने गर्छ।