गृहपृष्ठ लेक लागेर बेहोस भएकाको उद्धार
लेक लागेर बेहोस भएकाको उद्धार
काठमाडौं । लेक लागेर बेहोस भएका काठमाडौं महानगरपालिका–३१ बस्ने ४५ वर्षीय वीरेन्द्र रसाइलीको उद्धार गरिएको छ । तिलिचो ताल भ्रमण गरी फर्कने क्रममा एक्कासि लेक लागेर उनी बेहोस भएका थिए ।
सशस्त्र प्रहरी बल नेपाल पर्वतीय उद्धार तालिम शिक्षालय मनाङको सुरक्षा फौजले उनलाई स्टेचरमा राखी खाङसारबाट हुम्डे स्वास्थ्य चौकीसम्म ल्याएको डीएसपी एवं सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
प्रकाशित समय : १७:३६ बजे



















