काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

जापानद्वारा नेपाललाई एक सय ३२ रनको लक्ष्य

1.91K
shares

आइसिसी टी–२० विश्वकप एसिया एण्ड इस्ट एसिया प्यासिफक छनोट खेलमा जापानले नेपाललाई जितका लागि १३२ रनको लक्ष्य दिएको छ ।

ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ–१ मा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको जापानले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १३१ रनको योगफल तयार पार्यो ।

जापानका लागि कप्तान केन्डल काडोवाकी फ्लेमिङले ४६ बलमा पाँच चौका र तीन छक्काको मद्दतले सर्वाधिक ६० रनको योगदान दिए । त्यसैगरी इसाम रहमानले ३१ तथा बेन्जामिन इटो डेभिसले १७ रन बनाए ।

नेपालका लागि गुल्शनकुमार झा र सन्दीप लामिछानेले समान दुई–दुई विकेट लिए भने सोमपाल कामी र नन्दन यादवले समान एक–एक विकेट लिए । नेपाल अहिले जवाफी व्याटिङमा उत्रेको छ ।