काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

“कंबोडियाको आर्थिक वृद्धिमा पर्यटन क्षेत्रको महत्त्वपूर्ण योगदान”

2.03K
shares

पछिल्ला ३० वर्षमा पर्यटन क्षेत्र कंबोडियाको आर्थिक विकासमा एक प्रमुख आधारस्तम्भको रूपमा स्थापित भएको छ । प्रधानमन्त्री हुन मानेटका अनुसार, देशमा शान्ति, राजनीतिक स्थिरता, सुरक्षा र राम्रो सामाजिक व्यवस्थाका कारण कंबोडिया एक सुरक्षित र आकर्षक पर्यटकीय गन्तव्य बनेको छ ।

सन् २०२४ मा देशले ६।७ लाख अन्तर्राष्ट्रिय पर्यटकहरूलाई स्वागत गरेको थियो, जुन अघिल्लो वर्षको तुलनामा २२.९ प्रतिशतले वृद्धि हो । सोही वर्ष पर्यटन क्षेत्रबाट ३.६३ अर्ब अमेरिकी डलर राजस्व आर्जन गरिएको थियो, जसले सकल घरेलु उत्पादन (जीडीपी) मा ९.४ प्रतिशत योगदान पु¥यायो र झण्डै ५.१ लाख रोजगारी सिर्जना ग-यो । सन् २०२५ को पहिलो आठ महिनामै ४.०५ लाख पर्यटकले कंबोडिया भ्रमण गरिसकेका छन् ।

प्रधानमन्त्रीले पर्यटन क्षेत्रले भविष्यमा पनि रोजगारी सिर्जना, आम्दानी वृद्धि, सांस्कृतिक संरक्षण तथा वातावरण र प्राकृतिक स्रोतहरूको दिगो व्यवस्थापनमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको छ । कृषि, गार्मेन्ट तथा निर्माण क्षेत्रसँगै पर्यटन पनि कंबोडियाको आर्थिक संरचनाको मुख्य आधार हो। साथै, विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक स्थलहरू र ४५० किलोमिटर लामो सुन्दर समुद्री तटले कंबोडियालाई पर्यटकहरूको लागि झनै आकर्षक गन्तव्य बनाएको छ ।