गृहपृष्ठ दसैँ घर र पूजा कोठामा आज पनि कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

दसैँ घर र पूजा कोठामा आज पनि कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

दसैँ घर र पूजा कोठामा आज पनि कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

नवरात्र सुरु भएको आज पाँचौँ दिन भए पनि चौथो दिनको दसैँ घर वा पूजा कोठामा चौथो दिनकै कर्म दोहो-याउनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

असोज ९ गते रातदिन (अहोरात्र) नै चौथी तिथि थियो । आज बिहान ०६ः३९ बजेसम्म चौथी तिथि थियो । बिहान ०५ः५४ बजे सूर्योदय भएकाले आज पनि चौथीकै दिनको कर्म दसैँ घर वा पूजा कोठामा गर्नुपर्ने समितिका सदस्य एवं धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईले जानकारी दिए ।

यसवर्ष चौथी तिथि वृद्धि भएकाले दुई दिनसम्म कुष्माण्डा देवीको आह्वान गरी पूजा आराधना गर्नुपर्ने उनले बताए । यस वर्षको नवरात्र असोज ६ गते सोमबारदेखि सुरु भएको हो । त्यस दिन दसैँ घर वा पूजा कोठामा शैलपुत्री देवीको पूजा आराधना गरिएको थियो ।

असोज ७ गते मङ्गलबार दसैँ घर वा पूजा कोठामा नवदुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीको पूजा आराधना गरिएको थियो । तेस्रो दिन असोज ८ गते बुधबार चन्द्रघण्टा देवीको पूजा आराधना गरिएको थियो । चौथो दिन असोज ९ गते र पाँचौँ दिन असोज १० गते आज पनि कुष्माण्डा देवीको पूजा आराधना गर्नुपर्ने समितिले जनाएको छ ।

नवरात्रका अवसरमा शक्तिपीठमा गई पूजा आराधना गरेमा मनोकामना पूरा हुने, विद्या, धन र शक्ति प्राप्त हुने शास्त्रीय मान्यता छ ।

प्रकाशित समय : १२:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु