गृहपृष्ठ काठमाडौंमा डेंगु संक्रमण फेरि बढ्दै

काठमाडौंमा डेंगु संक्रमण फेरि बढ्दै

काठमाडौंमा डेंगु संक्रमण फेरि बढ्दै

पछिल्ला वर्षहरूमा काठमाडौंमा डेंगु संक्रमण घटबढ भइरहे पनि यो वर्ष संक्रमण फेरि बढ्न थालेको छ। काठमाडौँ महानगरपालिकाभित्र यो वर्ष (पुसदेखि अहिलेसम्म) २४८ जनामा डेंगु पुष्टि भइसकेको छ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुका अनुसार सन् २०२२ मा काठमाडौँभित्र ९ हजार ८८६ जनाको परीक्षणमा डेंगु पुष्टि भएको थियो। त्यसपछि सन् २०२३ मा १ हजार ७१४ जनामा सन् २०२४ मा २ हजार ९८४ जनामा र हालसम्म सन् २०२५ मा २२७ जनामा संक्रमण देखिएको छ।

यद्यपि अस्पतालको तथ्यांकमा संक्रमितको ठेगानामा पालिकाको नाम छुटेको भए पनि अधिकांश संक्रमित काठमाडौँ महानगर क्षेत्रका रहेको उल्लेख छ।

महानगरपालिकाका महामारी रोग नियन्त्रण कार्यक्रमका फोकल पर्सन ऋषिप्रसाद भुसालका अनुसार काठमाडौँमा पहिलो पटक सन् २०१८ (वि.सं. २०७५) मा चमती क्षेत्रमा एक महिलामा डेंगु भेटिएको थियो। त्यसपछि बालाजु क्षेत्रका व्यक्तिमा पनि संक्रमण देखिएको थियो। उनका अनुसार डेंगुको संक्रमण कुनै वर्ष बढी त कुनै वर्ष कम हुने प्रवृत्ति देखिएको छ।

डेंगु फैलाउने एडिस जातको लामखुट्टे सफा जमेको पानीमा बस्ने भएकाले काठमाडौँ महानगरले हाल लामखुट्टेको बासस्थान पहिचान गरी लार्भा नष्ट गर्ने अभियान तीव्र बनाएको छ। यस अभियानमा स्वास्थ्यकर्मी, महिला स्वयंसेविका, स्थानीयवासीहरूको सक्रिय सहभागिता छ।

प्रकाशित समय : ११:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु