गृहपृष्ठ शाओमी मोबाइल किन्दा ५० लाखसम्मको उपहार
शाओमी मोबाइल किन्दा ५० लाखसम्मको उपहार
शाओमीले नेपालको उपभोक्तालाई लक्षित गर्दै निकै आकर्षक दसैँ स्किम घोषणा गरेको छ ।
यस स्किममार्फत ग्राहकले ५० लाख रुपैयाँसम्मको आकर्षक उपहार जित्ने अवसर पाउनेछन् । सेप्टेम्बर २१ (असोज ५) देखि सुरु भएको यो क्याम्पेनअन्तर्गत दैनिक र साप्ताहिक ‘लक्की ड्र’ मार्फत प्रिमियम शाओमी उत्पादनहरू उपहारस्वरूप पाउने व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।
ग्राहकहरूले कुनै पनि शाओमी मोबाइल खरिद गर्दा तलका तीन श्रेणीका उपहार जित्ने अवसर पाउनेछन् –
साप्ताहिक बम्पर लक्की ड्रः शाओमी १५ अल्ट्रा (प्रत्येक सातामा १ विजेता)
साप्ताहिक लक्की ड्रः शाओमी प्याड ७ (प्रत्येक सातामा १ विजेता)
दैनिक लक्की ड्रः रेडमी प्याड २ (प्रत्येक दिन १ विजेता), रेडमी बड्स ५ए (प्रत्येक दिन ३० विजेता), रेडमी वाच ५ एक्टिभ (प्रत्येक दिन १० विजेता)
यस योजनामा सहभागी हुन ग्राहकहरूले कुनै पनि शाओमी मोबाइल अधिकृत बिक्रेता तथा जुनसुकै मोबाइल बिक्रेताबाट खरिद गर्न सकिनेछ । खरिदपश्चात प्रदान गरिएको युनिक क्युआर कोड स्क्यान गरी आफ्नो डिभाइसको IMEI नम्बर प्रमाणीकरण गर्नुपर्छ । त्यसपछि व्यक्तिगत विवरण भरेर ‘स्पिन द व्हील’ गरेर उपहार जित्ने मौका पाउन सकिने कम्पनीले जनाएको छ ।
यो योजना कार्तिक ५, २०८२ (अक्टोबर २१, २०२५) सम्म देशभरका अधिकृत शाओमी बिक्रेता तथा सबै मोबाइल बिक्रेताहरुमार्फत लागू हुनेछ ।
प्रकाशित समय : १०:३१ बजे





















