काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

सञ्चारमन्त्री खरेलसँग अमेरिकी राजदूत थम्प्सनको भेट

2.98K
shares

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिनआर थम्प्सनले भेट गरेका छन् ।

मन्त्रालयमा आज भएको भेटमा उनीहरूबीच नेपालको पछिल्लो राजनीतिक अवस्था र दुई देशबीचको सम्बन्धका विविध विषयमा छलफल भएको मन्त्री खरेलको सचिवालयले जनाएको छ ।

उक्त भेटमा मन्त्री खरेलले जेनजीको प्रदर्शनपछि बदलिएको राजनीतिक परिस्थिति र वर्तमान सरकारको प्राथमिकताका विषयबारे राजदूतलाई जानकारी दिएका थिए ।​

राजदूत थम्प्सनले मन्त्री खरेललाई सफल कार्यकालका लागि बधाई तथा शुभकामना व्यक्त गरेका मन्त्री खरेलको सचिवालयले जनाएको छ ।